नेपाल सरकारद्वारा गठित वार्ता समितिको प्रेस विज्ञप्ति

चिकित्सा शिक्षा ऐन व्यवस्थापिका संसदबाट पारित गरिनुपर्ने तथा चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्ने सम्बन्धी माग राखी अनशनरत प्रा.डा. गोविन्द के.सी.का माग सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा माननीय उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, माननीय स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्रेल, पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, पूर्व शिक्षा मन्त्री धनिराम पौडेल, व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका माननीय सभापति रञ्जु झा, सदस्य माननीय जीवन परियार, माथेमा कार्यदलका प्रा. केदारभक्त माथेमा, डा. भगवान कोइराला, डा. रमेशकान्त अधिकारी, नागरिक समाजका प्रतिनिधि सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र प्रा.डा. गोविन्द के.सी. का तर्फबाट वार्ता समितिका सदस्य डा. अभिषेकराज सिंह, डा. सुमन आचार्य समेतको उपस्थितिमा व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिमा विचाराधिन राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा परिमार्जन गर्नुपर्ने विषयबस्तुहरुमा सर्वसम्मत रुपमा समझदारी कायम भएको र २०७४ साउन २७ गते महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’’ मा उक्त समझदारीका सबै विषयहरुसमेत समावेश भएको सन्दर्भमा नेपाल सरकारद्वारा गठित वार्ता समिति र डा. गोविन्द के.सी.का प्रतिनिधिहरु बीच २०७४ साउन २७ गते साँझ उल्लिखित ऐन तथा अन्य मागका सम्बन्धमा छलफल भई समझदारीको अन्तिम अवस्थामा पुगिएको र डा. के.सी.का प्रतिनिधिहरु थप परामर्श गरी वार्तामा पुन: आउने जनाई वार्तास्थलबाट बाहिरिनु भएकोमा आज मिति २०७४ साउन २८ गते आयोजित वार्ताका लागि आमन्त्रण गरिएकोमा डा. के.सी.का प्रतिनिधिहरु वार्तामा सामेल हुन नआएको र डा. के.सी.ले पेश गरेका मागहरु सम्बोधन गर्ने क्रममा माथेमा कार्यदल, नेपाल चिकित्सक संघ, गोदान लगायत विभिन्न निकाय तथा पदाधिकारीहरुसंग वार्ता समिति औपचारिक र अनौपचारिक रुपमा परामर्शरत रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।

उल्लिखित सन्दर्भमा प्रा.डा. गोविन्द के.सी.को मागहरुमध्ये चिकित्सा शिक्षा सम्बन्धी विधेयक व्यवस्थापिका संसदमा पेश भई शीघ्र निर्णय हुने अवस्था रहेको साथै अन्य मागहरु समेत तत्काल सम्बोधन हुन सक्ने अवस्था रहेको सन्दर्भमा डा. के.सी.का प्रतिनिधिहरुलाई तत्काल वार्तामा संलग्न भइदिनु हुन र आफ्नो विग्रदो स्वास्थ्यको अवस्थालाई ख्याल गरी तत्काल अनशन अन्त्य गर्नुहुन प्रा.डा. गोविन्द के.सी. लाई वार्ता समिति हार्दिक अपिल गर्दछ ।


Attached Documents
Title Size Type View Download
press_release_12th_aug_2017 260 Kb application/pdf View Download

Most Visited Links